के साच्चै फेसबुक बन्द होला त ?

धेरैलाई लागेको नयाँ वर्ष लागेपति सामाजिक सञ्जाल फेसबुक बन्द हुन्छ भनेर । एकपटक कल्पना पनि गर्नुस् त फेसबुक बन्द भयो भने के होला ?

तर नआत्तिनुस्, फेसबुक बन्द हुँदैन । किनकी सरकारले नै नयाँ र्षदेखि फेसबुक लगायतका अन्य सामाजिक सञ्जाल बन्द हुन लागेको कुरा असत्य भएको बताएको छ ।

नयाँ वर्षपछि फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला फैलिएपछि सञ्चार तथा सुचना प्रविधी मन्त्रालयले विज्ञप्ती जारी गरेर फेसबुक सहितका सामाजिक सञ्जाल नेपालमा बन्द हुने कुरा अफबाह मात्रै रहेको प्रष्ट पारेको छ ।

केही सातादेखि सञ्चार मन्त्रालयको लेटर प्याडको प्रयोग गरेर नयाँ वर्ष २०७५ साल बैशाख १ गतेदेखि फेसबुक सहितका सामाजिक सञ्जाल बन्द हुने कुरा सामाजिक सञ्जालमा फैल्याइएको थियो । तर, मन्त्रालयले त्यसको खण्डन गर्दै हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

‘यस मन्त्रालयले फेसबुकसहितका कुनै पनि सामाजिक सञ्जाल बन्द गराउने, प्रतिबन्ध लगाउने गरी कुनै निर्णय गरेको छैन’, मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले भने, ‘त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिलाई कानुनी कारवाही चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई अनुरोध गरिसकेका छौँ ।’

रारामा रमाउँदै बैठक गर्दै मन्त्रीहरु, ओलीको सम्बोधन शनिबार

बाम गठबन्धनको सरकार बनेपछि कर्णाली प्रदेशका सबै मन्त्रीहरु रारा पुगेका छन् ।

कर्णाली मन्त्री परिषद्को बैठक बस्न उनीहरु कर्णाली प्रदेशमा रहेको मुगु जिल्लामा पुगेका हुन् । मन्त्रीहरु पहिलोपटक रारा पुगेका कारण रमाउँदै बैठकमा सहभागी भएका थिए ।

शुक्रबार साँझ बैठक रारा ताल परिसरमा बैठक बस्दा उनीहरु रमाउँदै निर्णय गरेका थिए । मुगु जिल्लामा रहेको यो नेपालकै सबैभन्दा ठूलो ताल हो ।

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु पनि पुगेका छन् । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाटै देशबासीका नाममा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारले मनाउन लागेको रारा कर्णाली पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले ओलीले शनिवार रारा परिसरबाट शनिबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।

शनिबार अपराह्न ३ बजे प्रधानमन्त्री ओलीको अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तेस्रो सिनेट बैठकपनि बस्ने छ ।

प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री ईश्वर पोखेरल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नगारिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पूर्वमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश सरकारका मन्त्रीलगायत, सांसद, स्थानीय सरकारका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी रहेका छन्।

राष्ट्र निर्माणमा एकजुट भएर लाग्न देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र निर्माणका लागि दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

नयाँ वर्ष २०७५ सालको अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर हुनुपर्ने बेला आएको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्षले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई संविधानको सफल कार्यान्वयन भइसकेको र संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको उल्लेख गरेका छन् ।

नमूना बस्ती बन्दै सोझे

शंखरापुर–३ सोझेका ७१ वर्षीय धनबहादुर वाइवा आफ्नो भूकम्पप्रतिरोधी नयाँ घर निर्माण हुँदै गर्दा दंग छन ।

विसं २०७२ को भूकम्पका कारण बस्नै नमिल्ने गरी घर भत्किएपछि छाप्रामा गुजारा चलाउँदै आएका धनबहादुरलाई लुमन्ती आवासका लागि सहयोग समूहको प्राविधिक सहयोग र स्थानीयवासीको श्रमदानबाट दुई कोठाको घर निर्माण शुरु गर्दै गर्दा खुशीको अनुभूति भएको छ ।

करीब १६ वर्ष पहिले श्रीमती गुमाउनु पर्दाको पीडा सुनाउँदै धनबहादुरले भने, ‘दुई बहिनी छोरी थिए, तिनको पनि विवाह भयो, अहिले एक्लै पकाउने खाने गर्छु, भएको घर पनि भूकम्पले लडायो, नयाँ घर बनाइदिने भनेर जग शुरु गरेका छन्, खुशी लागेको छ ।’

धनबहादुरको घर निर्माणमा प्राविधिक सहयोग गर्नुका साथै लुमन्तीले आवास कार्यक्रमअन्तर्गत ‘विल्ड अप नेपाल’को प्राविधिक साझेदारी सोझेका बासिन्दालाई कम्प्रेस्ड स्टेबलाइज्ड अर्थ ब्रिक उत्पादन तथा भवन निर्माण तालीम दिई कम्प्रेस्ड स्टेबलाइजड अर्थ ब्रिक उत्पादन गरी भूकम्प प्रतिरोधात्मक नमूना सामुदायिक भवन निर्माण गर्दैछ ।

सो भवन निर्माणको कूल लागत करीब रु १२ लाख ३६ हजार हुनेछ । धनबहादुर मात्र होइन, सोझेकै प्रेमबहादुर वाइवा पनि घरमै पानीको धारा पाउँदा खुशी छन् । भूकम्पका कारण खोनपानीको संरचनामा क्षति पुगेपछि लुमन्तीले पाइप लाइन विस्तार तथा इन्टेक मर्मतसँगै धारा निर्माण गरी घरमै पानीको व्यवस्था गरेपछि प्रेमबहादुर घरबाट टाढा पानी लिन जानुपर्ने झन्झटबाट मुक्त भएको छ ।

खानेपानीको संरचनामा क्षति पुगी पानीको अभाव भएर जीवन कष्टकर भएपछि लुमन्तीले २६ घरमा ‘एक घर एक धारा’ निर्माण गरेर सहयोग गरेको छ । लुमन्तीको रु दुई लाख ४८ हजार, सोझे स्वास्थ्य समुदायबाट ६० हजार र आवश्यकतानुसार जनश्रमदानसँगै करीब तीन लाख ४८ हजारमा सो धारा बनेको हो ।

लुमन्तीको प्राविधिक सहयोगमा सोझेमा नमूना बस्ती बनाउने उद्देश्यले अब २६ भूकम्प प्रतिरोधी (दुई वटा डिजाइनका) घर निर्माण गर्ने तयारी भइरहेको लुमन्तीका विपत् जोखिम न्यूनीकरण कार्यक्रम व्यवस्थापक सोविना लामाले जानकारी दिए

सोझेलाई स्वास्थ्य समुदाय बनाउने उद्देश्यले सोझे स्वास्थ्य समुदाय व्यवस्थापन समितिसमेत गठन गरिएको छ । चार र दुईकोठे घर निर्माण गर्ने उद्देश्यअनुसार पहिलो चरणमा १६ वटा घर निर्माण गरिनेछ । भूकम्पपीडितको घर निर्माणका लागि सरकारले पहिलो किस्ताबापत ५० हजार दिइसकेको छ । पुनःनिर्माण प्राधिकरण र नगरपालिकाले एकमुष्टरुपमा किस्ता रकम दिएको खण्डमा घर निर्माण गर्न सहज हुने प्रेमबहादुरको अपेक्षा छ ।

तर शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडाले नगरपालिकाले किस्ता रकम दिनेभन्दा पनि पहिलो तल्लासम्मको कर छुट र नक्सा पासमा लाग्ने दस्तुर रकमसम्म छुट गर्न सकिने बताए ।

आवास कार्यक्रमअन्तर्गत लुमन्तीको १२ लाख आर्थिक सहयोगमा शंखरापुर नगरपालिकाको वडा नं २, देउराली भञ्ज्याङ मा भूकम्प प्रतिरोधात्मक नमूना वडा भवन निर्माण भइरहेको छ ।

त्यसैगरी लुमन्तीले शंखरा नगरपालिकाका झुललगायत अन्य स्थानमा समेत भवन निर्माण र खानेपानीसम्बन्धी काम गर्दै आएको छ । सन् १९९३ मा स्थापित लुमन्ती आवासका लागि सहयोग समूहले स्थापनाकालदेखि नै नेपालका पिछडिएका वर्ग, खासगरी शहरी क्षेत्रमा केन्द्रित गरीब समुदायका लागि व्यवस्थित बसोबास, स्वच्छ खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, लघुवित्त, विपद् जोखिम न्यूनीकरण, सामाजिक सशक्तीकरणका विषयमा केन्द्रित गरी १८ नगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रमअन्तर्गत काठमाडौँ उपत्यकाका टोखा, साँखु, चन्द्रगिरि, कीर्तिपुर, नागार्जुन, बूढानीलकण्ठ गोकर्णेश्वर, दक्षिणकालीलगायत नगरपालिकामा भूकम्पपछिको अवस्था लेखाजोखा भइसकेको छ ।

बम विष्फोटबाट गाउँपालिकाको भवन क्षतिग्रस्त

इलाम जिल्लाको चुलाचुली गाउँपालिका कार्यालयमा शनिबार राति गराईएको बम विष्फोटबाट भवन क्षतिग्रस्त भएको छ ।

विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ । दुईतले भवनको छत भ्वाङ परेको र छानासमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए ।

घटनास्थलको प्रकृति हेर्दा प्रेसर कुकर बम विस्फोट भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

इलाम जिल्लाको चुलाचुली गाउँपालिका कार्यालयमा शनिबार राति गराईएको बम विष्फोटबाट भवन क्षतिग्रस्त भएको छ ।

विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ । दुईतले भवनको छत भ्वाङ परेको र छानासमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए ।

घटनास्थलको प्रकृति हेर्दा प्रेसर कुकर बम विस्फोट भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

चट्याङले ट्रान्सफर्मर जल्दा सिन्धुलीको ४ गाउँपालिकामा विद्युत् अवरुद्ध

नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पु¥याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा रहेको शव स्टेशनको ट्रान्सफर्मरमा क्षति पुगेको थियो । हालसम्म ट्रान्सफर्मर जडान हुन नसक्दा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

शव स्टेशनमा रहेको १ हजार ५ सय केभिएको ट्रान्सफर्मरमा चट्याङले क्षति बनाएपछि धेरै ग्राहकलाई सहजताका साथ विद्युत् उपलब्ध गराउन नसकिएको प्राधिकरण सिन्धुली शाखाका प्रमुख लिलानाथ अर्यालले बताए ।

उक्त ट्रान्सफर्मरबाट सिन्धुलीको मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाका केही स्थानमा विद्युत् वितरण हुने गरेको थियो । ट्रान्सफर्मर जलेका कारण अहिले उक्त क्षेत्रमा विद्युत् उपलब्ध गराउन नसकिएको र छिट्टै विद्युत् उपलब्ध गराउनेतर्फ भने आफूहरू काममा निरन्तर लागि परेको उनले बताए ।

सो ट्रान्सफर्मर जडान गर्न अझै केही दिन लाग्ने भएकाले अबको दुई हप्तासम्म सहजताका साथ विद्युत् उपलब्ध नहुने पनि उनले जानकारी दिए ।

यता दुई दिनदेखि ती गाँउपालिकामा विद्युत् नहुँदा मोबाइल तथा फोन चार्ज गर्न नपाउँदा सञ्चार सुविधाबाट समेत वञ्चित हुन परेको उपभोक्ताको गुनासो रहेको छ । सञ्चार सुविधाबाट वञ्चितसँगै कुटानी तथा पिसानीका मिल सञ्चालन नहुँदा नागरिक प्रत्यक्ष मारमा परेका छन् । दुई तीन दिनदेखि विद्युत् नआउँदा पनि प्राधिकरणले ट्रान्सफर्मर जडान तथा विद्युत् वितरणमा ध्यान नदिएको उपभोक्ताले आरोप लगाएका छन् ।

व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउनु पर्छ : पूर्व प्रम खनाल

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पु¥याउने बताए ।

विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताए ।

विराटनगर–जोगवनी रोडमा अवस्थित ८ कट्ठा १० धुर जग्गामा ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा रहेका छन् । छ तल्ले होटलमा स्वीङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा स्विट कोठाको समेत व्यवस्था गरिएको छ ।

पर्यटकको बसाइलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताए ।

निर्माण व्यवसाय, कृषि तथा जलविद्युत् क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश १ को मागअनुसार स्तरीय होटल सञ्चालनमा ल्याएका अर्का सचालक रुपमणि राजभण्डारीले बताए ।

होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनुका साथै थप एक सेमिनार हलको निर्माण गर्ने निर्देशक न्यौपानेले बताए ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५/२५ मिटरबाट १५/१५ मिटर बनाइने भएको छ ।

कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिए ।

उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको दायाँ र बायाँ राजमार्गको बीचबाट दायाँबायाँ १५/१५ मिटर कायम गर्न नेपाल सरकारलाई आग्रह गरिने उनको भनाइ थियो ।

नगरपालिकाले यसअघि सडकको दायाँबायाँ ३१/३१ मिटरको क्षेत्रमा जग्गा किनबेच तथा घर निर्माणमा लगाएको रोक अब १० मिटर घटेर २१ मिटरमा कायम गर्न पहल गरिने भएको छ ।

त्यस क्षेत्रमा २०७२ सालभन्दा अघि घर नक्सापास नगरी बनेका घरलाई तत्काल सम्पन्नताको प्रमाणपत्र तथा नियमित भवनको नक्सापास गराउन जग्गाधनी तथा घरधनीलाई समय प्रदान गरिने पनि नगरपालिकाले जनाएको छ ।

नक्सा पास नगरी बनेका घरलाई घरधनीको निवेदन, वडाको सिफारिस र घरको नक्सा लिएर ३५ दिनभित्र नगरपालिकामा आए त्यस्ता घरले सम्पन्नताको प्रमाणपत्र पाउने र निर्माण रोकिएका घर तथा नयाँ घरको नक्सा सहजै पास हुने उनको भनाइ थियो ।

नगरपालिकाको यो निर्णयले यस क्षेत्रका दर्जनौँ जग्गा धनीको जग्गा किनबेच, घर निर्माण हुने भएको छ । यसअघि नगरपालिकाले सडकको दायाँबायाँ ३१/३१ मिटरका जग्गा किनबेच तथा घर निर्माण गर्न रोक लगाउँदै आएको थियो ।

नगरपालिकाले जग्गा किनबेच तथा घर नक्सा पास नगरिदिँदा दर्जनौँ भूकम्पपीडितले घर बनाउन पाएका थिएनन् । सरकारले दोस्रो किस्ताको समयावधि थप गरेकाले अब त्यस्ता लाभग्राहीले सहजताका साथ दोस्रो किस्ता लिन पाउने भएका छन् ।

यस्तै नगरपालकाले वडा नं २ को वडा कार्यालय स्थापनाका लागि जग्गा खरिद गर्ने पनि निर्णय गर्नुका साथै विभिन्न ऐन निर्माण तथा कार्यविधि तयार गरेको छ

बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन

अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ ।

मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो ।

उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाकाले नयाँ वर्षको अवसर पारी विधिवत् रुपमा जलयात्रा शुरु गरिएको कम्पनीका अध्यक्ष रमेश कुँवरले बताए ।

देशैभरि विभिन्न नदीमा ¥याफ्टिङ सेवा सञ्चालन गरेको कम्पनीले नेपालका चार धाममध्येको एक वैद्यनाथ धाम र प्रसिद्ध धार्मिक पर्यटकीयस्थल जिमराडी क्षेत्रमा जलयात्रा सञ्चालन गरेको हो ।

साँफेदेखि चित्रेसम्मको करीब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गराएवापत एकजनाबाट खानाको व्यवस्थासहित रु एक हजार ५ सय लिइने र समूहगत भएमा विशेष छुट प्रदान गरिने उक्त कम्पनीले जनाएको छ ।

अछामको बूढीगंगा र कैलाशमा सजिलै ¥याफ्टिङ गराउन सकिने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिनेसमेत कम्पनीका अध्यक्ष कुँवरले बताए ।

वैद्यनाथ धाम र जिमराडीलाई धार्मिक पर्यटनका रुपमा अघि बढाउनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन हुने ¥याफ्टिङ सेवाले निकै सघाउ पु¥याउने देखिएको छ ।

अब नियमितरुपमा साँफेबगरदेखि जिमराडी चित्रेसम्म ¥याफ्टिङ सञ्चालन गरिने र होटेल व्यवसायी तथा स्थानीयवासीको मागअनुसार प्राविधिकसहितका सामग्रीसमेत थप गरिने सो कम्पनीले जनाएको छ ।

अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन, खप्तड, वैद्यनाथ धाम, चित्रे जिमराडीलगायत क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन गरिने जलयात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइएको छ ।

बिपी राजमार्गको दायाँबायाँ १५/१५ मिटर कायम हुने

बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५/२५ मिटरबाट १५/१५ मिटर बनाइने भएको छ ।

कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिए ।

उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको दायाँ र बायाँ राजमार्गको बीचबाट दायाँबायाँ १५/१५ मिटर कायम गर्न नेपाल सरकारलाई आग्रह गरिने उनको भनाइ थियो ।

नगरपालिकाले यसअघि सडकको दायाँबायाँ ३१/३१ मिटरको क्षेत्रमा जग्गा किनबेच तथा घर निर्माणमा लगाएको रोक अब १० मिटर घटेर २१ मिटरमा कायम गर्न पहल गरिने भएको छ ।

त्यस क्षेत्रमा २०७२ सालभन्दा अघि घर नक्सापास नगरी बनेका घरलाई तत्काल सम्पन्नताको प्रमाणपत्र तथा नियमित भवनको नक्सापास गराउन जग्गाधनी तथा घरधनीलाई समय प्रदान गरिने पनि नगरपालिकाले जनाएको छ ।

नक्सा पास नगरी बनेका घरलाई घरधनीको निवेदन, वडाको सिफारिस र घरको नक्सा लिएर ३५ दिनभित्र नगरपालिकामा आए त्यस्ता घरले सम्पन्नताको प्रमाणपत्र पाउने र निर्माण रोकिएका घर तथा नयाँ घरको नक्सा सहजै पास हुने उनको भनाइ थियो ।

नगरपालिकाको यो निर्णयले यस क्षेत्रका दर्जनौँ जग्गा धनीको जग्गा किनबेच, घर निर्माण हुने भएको छ । यसअघि नगरपालिकाले सडकको दायाँबायाँ ३१/३१ मिटरका जग्गा किनबेच तथा घर निर्माण गर्न रोक लगाउँदै आएको थियो ।

नगरपालिकाले जग्गा किनबेच तथा घर नक्सा पास नगरिदिँदा दर्जनौँ भूकम्पपीडितले घर बनाउन पाएका थिएनन् । सरकारले दोस्रो किस्ताको समयावधि थप गरेकाले अब त्यस्ता लाभग्राहीले सहजताका साथ दोस्रो किस्ता लिन पाउने भएका छन् ।

यस्तै नगरपालकाले वडा नं २ को वडा कार्यालय स्थापनाका लागि जग्गा खरिद गर्ने पनि निर्णय गर्नुका साथै विभिन्न ऐन निर्माण तथा कार्यविधि तयार गरेको छ